रौतहट,२७ असार । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गर्नुभयो ।खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गर्नुभयो । ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज बाधक बन्नुभयो । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्न सफल हुनुभएको छ । ३४ वर्षका मेस्सीले सन्यास फिर्ता लिदै अर्जेन्टिनालाई उपाधि दिलाउन सफल हुनुभएको हो ।अर्जेन्टिनाको यो १५ औं कोपा उपाधि हो ।अर्जेन्टिनाले २८ वर्षपछि पहिलो पटक उपाधि जितेको हो । अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here