काठमाण्डौ,२७ असार । सत्तारुढ नेकपा एमालेको विवाद अन्त्य गर्दैै एकताको घोषणा आज हुने विवाद समाधानका लागि गठित कार्यदलका सदस्यहरूले दावी गरेका छन् । उनीहरूका अनुसार कार्यदलको बैठक केही बेरमा सुरु हुनेछ र शीर्ष तहमा संवादपछि सहमतिको घोषणा गरिनेछ । कार्यदलमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संयोजक रहनुभएका नेता सुवासचन्द्र नेम्वाङले हिजो विवादका सबै विषयमा कुरा मिलेको र आज औपचारिक रूपमा घोषणा गरिने सीआईएनसँग बताउनुभयो । कार्यदलमा नेता माधवकुमार नेपालका तर्फबाट सहभागी नेता गोकर्ण विष्टले पार्टीभित्रको विवाद समाधानका लागि थप छलफल गर्नुपनर्ने विषय आफूहरूबीच अब नभएको दावी गर्नुभयो । आज आफ्नो पार्टीका समर्थकहरूका लागि सहमतिको घोषणा गरी खुसीको सन्देश दिने तयारी भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ । आन्तरिक विवाद मिलाउन दुई पक्षका नेताहरूको मनोविज्ञान बुझन समय लागेको भएपनि विश्वासको अन्तिम अवस्थामा पुगेका छौँ ।’ प्रधानन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा दिइएको रिट निवेदनको फैसलामा प्रभाव पर्नेगरी कुनै पनि सहमति वा गतिविधि नगर्नेमा कार्यदलमा एक मत भएको पनि नेताहरूले दावी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here