काठमाण्डौ,२७ असार । नेपाली काँग्रेस १४ औँ महाधिवेशनको तयारीमा छ । संस्थापन पक्षबाट सभापतिमा शेरबहादुर देउवाले खुलेरै दाबेदारी प्रस्तुत गरेपनि संस्थापन इतर पक्षमा आकांक्षी धेरै देखिएका छन् । संस्थापन पक्षबाट नेतृत्वमा आकांक्षा गर्नेहरु पनि अर्को पक्षमा गएर छलफल गरिरहेको देखिन्छ । आशन्न महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसमानेताहरु सभापती, महामन्त्री देखि पदाधिकारीका उम्मेदवार बन्न गुटगत छलफलमा व्यस्त देखिन्छन् । तर ति छलफलहरु नेपाली काँग्रेसलाई बैचारिक रुपमा अगाडी बढाउन सक्ने नेतृत्व खोज्ने गरी हुन सकेका छैनन् । सभापती देउवाले पुन सभापतीमा उम्मेदवारी दिने घोषणा गरेपनि अर्को पक्षमा आधा दर्जन बढि आकाङ्क्षी देखिएका छन् । चार वर्ष अघि तीनै तहको निर्वाचनमा पराजय भोगेको काँग्रेसमा तत्कालिन अवस्थामा नेतृत्व परिवर्तन मात्रै होईन, युवा पुस्ताले पार्टी हाँक्नु पर्ने कुरा समेत चले । केही युवा नेताहरुले छलफल समेत अघि बढाएका थिए । समय बित्दै जाँदा पार्टी भित्र युवा नेतृत्वको बहस गौण बन्दै गएको छ । भईरहेका बहस पनि बैचारिक भन्दा पदीय भागबण्डामा केन्द्रीत छन् । पुस्ता परिवर्तनको लामो बहस हुँदै आएको नेपाली काँग्रेसमा १४ औँ महाधिवेसनको संघारमा पनि केही युवा नेता यही विषयको चर्चा गरिरहेका छन् । तर युवा पुस्ताका नेतागुटगत राजनीति भन्दा पर छैनन् । गगन थापा,विश्वप्रकास शर्मा, प्रदिप पौडेल, लगायतका युवानेता सहित झण्डै एक दर्जन नेताहरु महामन्त्रीको दौडमाभएपनि सभापतिका धेरै प्रत्यासी हुँदा कसको टिमबाट उम्मेदवार हुने भन्ने अन्यौलमा छन् । काँग्रेसको राजनीतिक भविश्यका लागि पनि नेतृत्व परिवर्तनको विकल्प छैन । तर अहिलेका बहस र छलफल हेर्दा पुरानै पुस्ता दोहोरीने सम्भावना देखिएको राजनीतिक विश्लेषक सोमत घिमिरेको भनाइ छ । काँग्रेसको संशोधित विधानमा सभापतिसहित १४ पदाधिकारीको व्यवस्था छ । जसमा दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक जना कोषाध्यक्ष हुनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने नयाँ व्यवस्था यसै महाधिवेशनबाट कार्यान्वयनमा आउने भएपछि काँग्रेसमा सौदाबाजीका लागि पनि उमेद्वार बन्न खोज्नेहरु बढेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here