गौर,२७ असार । जिल्ला प्रहरी कार्यलय रौतहटले लागु औषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको राजदेवी नगरपालिका वडानं स्थित चण्डिया गाउबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुर जिल्लाको मकवानपुरगढी २ वस्ने ३२ बर्षका अनिल लामा सोही स्थान बस्ने ३५ बर्षका सुकलाल वाईवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी सिद्धि बिक्रम शाहले तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् । उनीहरुले प्रयोग गरेको बा.६० प–५३५ नम्बरको मोटर साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय रौतहट गौर र प्रहरी चौकी ब्रम्हपुरी वसतपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई एक किलो कालो अफिम सहित नियन्त्रणमा लिएको हो ।
उनीहरुले सो कालो अफिम रौतहट हुदै सिमावर्ती भारतीय बजार पु¥याउन लागेको अनुमान प्रहरीले गरेको छ । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतबाट पांच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको एसपी शाहले जानकारी दिएकाछन् ।
