ओम प्रकाश यादव,गौर,२७ असार ।
रौतहट जिल्लामा अहिलेसम्म ७५ प्रतिशत धान रोपाइ भएको छ । यस वर्ष समयमै पर्याप्त मात्रामा वर्षा भएकोले जिल्लामा हालसम्म ७५ प्रतिशत धान रोपाइ“ सकिएको र अब २५ प्रतिशत रोपाइ हुन मात्र बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।
रौतहटमा खासगरी वर्षाकै भरमा खेती गर्ने चलन रहेको छ । आकाशे पानीको भरमा खेती गर्ने रौतहटेली किसानहरु समयमै वर्षा भएकोले अहिलेसम्म ७५ प्रतिशत धान रोपाइँ गरेका छन । रौतहटमा धान खेती हुने ४९ हजार ३ सय हेक्टर जग्गा मध्ये अहिलेसम्म ७५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख चन्द्र भुष्ण झाले बताएका छन
यस वर्ष समयमै वर्षा भएकोले जिल्लाको सबै ठाउ“का किसानहरु अहिले धान रोपाइ गर्न व्यस्त छन । किसानहरु धान रोप्न व्यस्त भएकोले यस वर्ष रौतहटमा असार मसान्त भित्रमै धान रोपाइ सकिने कृषि ज्ञान केन्द्र गौरका प्रमुख झाले बताए । जिल्लामा कुल १ लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको छ जसमध्ये झण्डै मा ४९ हजार हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ ।
केही दिन अघि भएको लगातारको वर्षाका कारण खेतहरुमा पानीको मात्रा बढी हुंदा धान रोपाइँ प्रभावित बनेको थियो तर गएको आइतवार देखी वर्षा रोकिएपछि खेतहरुमा पानीको मात्रा कम हुँदा किसानहरु अहिले धमाधम धान रोपाइ गरिरहेको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here