काठमाण्डौ,२७ असार । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १८ करोड ७२ लाख नाघेको छ । कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर ४ लाख २२ हजार ७ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १८ करोड ७२ लाख ४२ हजार ४ सय ५३ पुगेको छ । यस्तै गत २४ घन्टामा थप ७ हजार २ सय ८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख ४२ हजार २ सय ९५ पुगेको छ । यस्तै गत २४ घन्टामा विश्वभर ३ लाख ४८ हजार ३ सय ६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या १७ करोड १२ लाख २५ हजार ८ स य ४० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here