सर्लाही २७ असार । सर्लाहीबाट हतियारसहित तीन युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर बस्ने २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भन्ने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भन्ने इवरान रायभाट रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट २ थान पेस्तोल, त्यसमा प्रयोग हुने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित पक्राउ गरेको हो ।
फाइल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here