अशोक पहाडी,रौतहट,२९ असार । खेत जोतेर फर्केको ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ । जिल्लाको देवाही गोनाही नगरपालिकामा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
ना४त १५०७ नम्बरको ६याक्टर राति ११ः५५ बजेको समयमा देवाही गोनाही नगरपालिका–४ स्थित लालबकैया नदीको बाँधमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टरमा सवार ४ जनामध्ये कवीन्द्र पटेल र गोविन्दा पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कवीन्द्र नदीपारी टोलका हुन् भने गोविन्द पोखरिया टोल निवासी हुन् ।
दुर्घटनामा घाइते भएका राकेश पटेलको अवस्था पनि गम्भीर रहेको र उनलाई थप उपचारका लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
खेत जोतेर घर फर्किँदै गरेको ट्याक्टर अनिन्त्रित भएर दुर्घटना हुँदा दुई पटेलद्वयको सोही ट्याक्टरले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपी सिद्धि बिधिmम शाहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here