काठमाण्डौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट हट्दै गर्दा आफूलाई रत्तीभर चिन्ता नभएको बताएका छन् । मंगलबार देशवासीका नाममा बिदाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पदबाट हट्दै गर्दा आफूमा रत्तीभर चिन्ता नभएको बताएका हुन् ।
‘मैले देश र जनताका लागि निष्ठापूर्वक काम गरेको छु,’ उनले भने, ‘देशको समृद्धि र विकासलाई ध्यानमा राखेर इमान्दारितापूर्वक काम गरेकाले मलाई पदबाट हट्दै गर्दा रत्तीभर चिन्ता छैन ।’उनले आफूले नयाँ–नयाँ भिजनका साथ विकासको कामलाई तीव्र गतिमा अघि बढाएको पनि दाबी गरे । ‘देशको समृद्धि र विकासलाई ध्यानमा राखेर मैले इमान्दारिकताका साथ काम गरेको छु । अझ नयाँ(नयाँ भिजन दिएर विकासलाई तीव्र गतिमा अघि बढाएको छु,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here