चन्द्रपुर,३१ असार । जिल्लाको बृन्दावन नगरपालिकाले राज्यले उपलब्ध गराउने बाल पोषण भत्ता नदिएको गुनासो बढेको छ । बिगत एक वर्ष देखी सो नगरपालिका बालबालिकाले पाउनु पर्ने बाल पोषण भत्ता नपाएको अभिभावकहरुले बताएकाछन् । राज्य तोकेको भत्ता समेत नगरपालिकाले समयमा नदिएको स्थानीय अभिभावक रामप्रवेस पटेलले बताए । कर्मचारीको चरम लापारवाहीका कारण नगरपालिका बालबालिकाहरु पोषण भत्ता पाउनबाट बन्चित भएका हुन् ।
सो बिषयमा कुरा गर्नका लागि कार्यलय प्रमुख नागेन्द्र यादवसंग सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन् । नगर प्रमुख रामस्नेही यादवले एक बर्षको बाल पोषण भत्ता र बृद्ध भत्ता साउन लागेपछि बितरण गरिने बताए ।
सो नगरपालिकामा एक वर्ष देखी बृद्ध भत्ता र बाल पोषण भत्ता वितरण हुने नसेका कारण स्थानीयले चिन्ता जाहेर गरेकाछन् । २०७८ असार ३१ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here