गौर, ३१ असार ।

समाचार लेखेकै विषयलाई लिएर रौतहटमा गएराति एक जना पत्रकारलाई हत्या गर्ने प्रयास गरिएको छ ।
जनकपुर टुडेका गरुडा प्रतिनिधि तथा कटहरिया म्युजिकल एमएफका समाचार प्रमुख पत्रकार ओम प्रकाश यादवको परिवार माथि आक्रमण भएको हो ।
समाचार लेखेकै निहुमा जनता समाजवादी पार्टीका माधवनारायण नगर कमिटि अध्यक्ष हरिनारायण यादवको समुहले पत्रकार यादवलाई ज्यान मार्ने प्रयास गरेको पत्रकार यादवको भनाइ छ ।
गएराति करिव ९ बजेको समयमा लठी, नलकटुवा, खुकुरी लगाएतका हातहतियार सहित १५, २० जनाको समुहले पत्रकार यादवको खपडाको घरमा प्रवेस गरी उनको घरपरिवारका सदस्यहरुमाथी आक्रमण गरेको थियो ।
रातिको समयमा गुण्डा र डाका शैलीमा यादवको घरमा प्रवेस गरी उनिहरुले उनका परिवारका सदस्यहरुलाई गाली गलौज गर्नुका साथै दुव्र्ययवहार गर्दै आक्रमण गर्न शुरु गरेको थियो ।
दुई दिन अघि पत्रकार यादवले हरिनारायण यादवको बारेमा एक समाचार लेखेका थिय सोही विषयलाई लिएर उनिहरुले पत्रकार यादवमाथी आक्रमण गर्न आएको पत्रकार यादवको भनाइ रहेको छ ।
नगर अध्यक्ष यादवको छोरा राहुल यादव, गोपाल भन्ने राजन यादव, उनकै दाई जोगेन्द्र यादव, भाइ जयप्रकाश यादव, भतिजो रेवन्त यादव, भागलको छोरा रौशन यादव, सुकरित यादव सहितका व्यक्तिहरुले होहल्ला तथा गालीबेइज्जत गर्दै आएको र ओम प्रकाश यादव कहा छ आज त्यसलाई मारिनै दिन्छु जस्ता धम्की दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here