पर्सा,१ साउन । विवाह गर्ने प्रलोभन देखाएर १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्तीकरणी गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ पिपराटोल २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कानुले गत असार १४ गते राति किशोरीको घरमा गई बिहे र जागिर लगाई दिने भनि जबरजस्तीकरणी गरेको आफन्तको आरोप छ । उनले किशोरीलाई पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ स्थित बाँसघारीमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । त्यसपछि पनि उनले किशोरीलाई आफूसंगै राखी पटक—पटक जबरजस्ती करणी गरेको आफन्तले बताएका छन् । किशोरीका अभिभावकले दिएको जाहेरीको आधारमा प्रहरीले कानुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । पक्राउ परेका युवकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here