जनकपुर, १ साउन । प्रदेश २ का प्रमुख डाक्टर राजेश झा अहिराजले प्रदेश सभाबाट पारित भई आएका २ वटा विधेयक प्रमाणीकरण गरेका छन् भने दुई विधेयक फिर्ता गरेका छन् । बिहीबार प्रदेश प्रमुख डाक्टर राजेश झा अहिराजले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरेका छन् । स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका छन् ।
प्रदेश प्रमुख झाले यसअघि पनि सोही दुईटा विधेयक प्रमाणीकरण नगरि फिर्ता पठाएका थिए । स्वास्थ्य सम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयकमा आवश्यक १३ बुँदे सुझावसहित परिमार्जन गरेर विधेयक ल्याउन भन्दै प्रदेशसभामा फिर्ता पठाइएको छ । त्यस्तै प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा समेत ११ बुँदे सुझावसहित प्रदेश सभालाई विधेयक फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रदेश प्रमुख झाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम अन्य दुईवटा विधेयकहरु प्रमाणीकरण गरेका छन् ।
प्रदेशसभाले पारित गरेर प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाउने व्यवस्था संविधानमा छ । यसरी प्रदेशसभाले पारित गरी पठाएका विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि लागू हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here