सप्तरी, १ साउन । सप्तरीमा नक्कली नागरिकता बनाउन आउने ज्वाइँ र ससुरा पक्राउ परेका छन् । प्रमखु जिल्ला अधिकारी जयनारायण आचार्यले दिएको जानकारी अनुसार सुसुराले ज्वाइँलाई छोरा बनाएर नागरिकता लिन आएका थिए । राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव पक्राउ परेको प्रजिअ आचार्यले बताए । उनीहरुले वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी सिफारिस लिएर नागरिकता बनाउन आएका थिए । उनले छोरा बनाएर ल्याएका ज्वाइँ शिवनन्दन भारतीय नागरिक हुन् । नागरिकता बनाउने प्रक्रिया चलिरहेकै अवस्थामा उनीहरु नक्कली नागरिकता बनाउन आएको जानकारी कसैले गराएपछि पक्राउ गरिएको थियो । पछि वडाध्यक्ष रामप्रसाद यादवसँग जानकारी लिँदा सिफारिसमा आफूले हस्ताक्षर नगरेको बताएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ आचार्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here