गौर,२ साउन । जनता समाजवादी पार्टी नेपाल केन्द्रीय निर्वाचन आयोगका प्रमुख तथा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अनिलकुमार झाले सदरमुकाम गौरस्थित राइस मिलको चौर सार्वजनिक जग्गाको रुपमा दर्ता गर्न परमादेशको मागसहित सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।
गौर राईस मिल एण्ड फ्लोर मिल्सको नाममा रहेको सो जग्गा सार्वजनिक स्थलको रुपमा प्रयोग गर्न अधिग्रहणका लागि प्रदेश सरकारले १५ करोड रुपैया छुट्याए पनि अधिग्रहणतर्फ कुनै कदम नचालिए र बजेट नै फ्रिज गराउनेतर्फ सम्बन्धित निकायहरु अग्रसर देखिएपछि सांसद झाले बिहीबार सर्वाेच्च अदालतमा यस्तो रिट निवेदन दायर गरेका हुन् ।
सो रिट दर्ता भएको र नियमानुसार पेशी तोकी सुनुवाइ प्रक्रिया अघि बढाएको सर्वाेच्च अदालतले जनाएको छ ।