गौर,२ साउन । नेपाली काग्रेस नेता रामाज्ञा यादवको निधन भएको छ । ५० बर्षीय यादवको गएराति भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो तिन बर्षदेखि ब्लड क्यान्सर रोगबाट ग्रस्त उनको झन्डै एक बर्षदेखि भरतपुरमा डायलासिस हुँदै आएको थियो । उपचारकै क्रममा गएराति निधन भएको उनका सहयोगी नेक महमदले जानकारी दिए । यादवको आजै उनकै गाउ बृन्दाबन नगरपालिका ८ बहुअरी छेउमा अन्त्येष्टी गरिएको छ ।
यसअघि क्षेत्र ४ का उनी काग्रेस सभापति रहेका थिए । गत निर्वाचनमा उनी कांग्रेसबाट प्रदेश सांसदमा चुनाव लडेका थिए । उनको २ छोरा र १ छोरी रहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here