जनकपुर, २ साउन । प्रदेश २ मा नेकपा (माओवादी केन्द्र) पनि आजदेखि सत्तारूढ दल बनेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्ण शपथ लिएका हुन् । प्रदेश प्रमुख डा। राजेश अहिराजले मंत्री साहलाई र मुख्यमंत्री लालबाबु राउतले राज्यमंत्री कर्णलाई पद तथा गोपनियताको शपथ खुवाएका छन् । उनीहरु शहिदको नाममा शपथ लिए ।