काठमाण्डौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत पाएका छन्। आइतबार राति भएको मतदानमा देउवाले १६५ मत पाएका छन् । कूल उपस्थित २४९ मध्ये देउवाको पक्षमा १६५ र विपक्षमा ८३ मत परेको हो। एक सांसद तटस्थ रहे । देउवालाई कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, नेपाल र नेकपा (एमाले) को एक समूहले मत दिएको हो । प्रतिनिधि सभामा कायम रहेको २७१ संख्याको बहुमत पुग्न १३६ मत आवश्यक थियो। सो अनुसार देउवाले १६५ मत पाएपछि विश्वासको मत प्राप्त भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेका हुन् । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्री देउवाले विश्वासको मत पाएसँगै प्रतिनिधि सभा एकै कार्यकालमा तेस्रो पटक विघटन हुनबाट जोगिएको छ।

तस्वीर : रातोपार्टीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here