काठमाण्डौं, ३ साउन । श्रमिकलाई समाजवादी ट्रेड युनियन महासंघद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो । प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो । सो अवसरमा श्रमिकहरूको पनि हक र हित र श्रमिकको निमित सदैव खटेर डटेर सेवा गरिरहने अध्यक्ष गोलेले बताएका छन् । उनले देशभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्नेका लागि वर्तमान सरकारले समन्वय गर्न उनले आग्रह समेत गरे । देशभरिका लाखौ श्रमिकहरूको आवाजलाई वेवस्ता गरिए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन् ।