गरुडा, ५ साउन । रौतहटको गरुडा नगरपालिका वडा नं—२ गेडहीगुठ्ठीमा रहेको मावि गेडहीगुठ्ठीका ४३ जना छात्राहरुलाई सोमबार साइकल वितरण गरिएको छ । सो विद्यालयका कक्षा ८ मा अध्ययनरत ४३ जना छात्रा वितरण गरिएको हो । प्रदेश २ सरकारको बेटि पढाउ,बेटी बचाउ अभियान अन्तर्गत सोमबार एक कार्यक्रम बिच साईकल वितरण गरिएको छ । साईकल वितरण कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद तथा प्रदेश २ का विकास सभापति शेख अवदुल कलाम अजाद उर्फ फुलबाबू रहेका थिए भने विशिष्ट अतिथि गरुडा नगरपालिकाका नगरप्रमुख ईन्नु राय यादव रहेको थियो । कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम गरि साइकल वितरण गरेको स्थानिय समाजसेवी तथा युवा नेता विबेक शर्मामाले बताए । विद्यालयमा आयोजित कार्यक्रममा साइकल वितरण गर्दै प्रदेश सांसद फुल बाबुले भने, साइकल वितरण कार्यक्रमले टाढाबाट विद्यालय आउने छात्राहरुलाई विद्यालय आवत जावतमा सहज हुन्छ, विद्यालय टाढा भएका कारण धेरै छात्राहरुले अध्ययन गर्न बिचमा नै पढाई छाड्ने गरेको धेरै उदाहरणहरु देखिएकाले विद्यालय टाढा भएका कारण पढाइ छाड्नु पर्ने समस्या साइकल वितरणले अन्त्य हुने छ । कार्यक्रममा बोल्दै प्रदेश सांसद फुल बाबुले भने, साईकल वितरण कुनै ठूलो कार्य र विकास होईन यो कार्यक्रमले बिद्यार्थीमा उत्साह मात्र जगाउने हो । उनले भने, प्रदेश सरकार छोरीको हक हितमा अझ प्रभावकारी कार्यक्रम ल्याउने योजनामा रहेको बताएका छन । अभावै अभावमा रहेको माबि गेडहीगुठ्ठीमा यसै आथिर्क वर्षमा स्कुल वाल बाउन्डरी र भवन निर्माण गर्ने समेत प्रतिवद्धता जनाएका छ्न । सोहि कार्यक्रममा उक्त स्कुलका प्राधानाध्यापक जंगबहादुर ठाकुरले आफ्नो मन्त्वय राखदै स्कुलको प्रगति विवरण बारेमा जानकारी दिएका थिए । बिद्यालयलाई प्राबिधिक बिद्यालयको रुपमा घोषणा गराउने योजना रहेको प्राधानाध्यापक ठाकुरले बताएका थिए । सो कार्यक्रममा गरुडाका समाजसेवी अनिल यादव, युवा नेता राजकुमार दास तत्मा, कौसल खान मिथला, बिद्यालयका प्रधानाध्यापक जंगबहादुर ठाकुर शिक्षक तथा शिक्षिका ,सुरक्षाकर्मीहरू लगायत स्थानीय समाजसेवीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here