चन्द्रपुर,५ साउन । नेकपा एमालेका युवा तथा विद्यार्थीले रौतहटको चन्द्रपुर ४ मा रहेको माधव नेपालको घर अगाडी उनको पुत्ला दहन गरेकाछन् । विद्यार्थीका केन्द्रीय सदस्य रवी रानाको नेतृत्वमा युवा तथा विद्यार्थीहरुले माधव नेपाल विरुद्ध चर्को नारावाजी गर्दे चन्द्रपुर नगर परिक्रमा गरेका थिय । नेपालको घर अगाडी ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । युवा संघ रौतहट तथा अनेरास्ववियु रौतहटको आयोजनामा बिरोधसभा तथा पुत्ला दहन भएको हो । माकुने चोर देश छोड,गद्धार माकुने मुर्दावाद लगाएतका नारा लगाउदै उनीहरुले नेपालको चन्द्रपुर स्थित घर अगाडी उनको पुत्ला जलाएका थिय । नेपालको चन्द्रनिगाहपुर स्थित घर भाडामा छ ।
