अनमोल कार्की, चन्द्रपुर, ८ साउन ।परम्परागत खेती भन्दा राम्रो आम्दानी हुने भएपछि रौतहटको चन्द्रपुर नगरपालिकाका किसानहरु व्यवसायिक केरा खेतीतर्फ आर्कषित हुँदै गएका छन् । केरा खेतीबाट धान, गहु, मकैलगायतका खेती भन्दा कम मेहनतमा बढी आम्दानी हुने भएपछि किसानहरुको आकर्षण यसतर्फ बढ्दै गएको छ ।
विगत केहीवर्षदेखि चन्द्रपुर नगरपालिकामा किसानहरु व्यवसायिक केरा खेतीमा लागिरहेका छन् । अन्य खेतीहरुको तुलनामा केरा खेतीबाट बढी आम्दानी हुने भएपछि चन्द्रपुर नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६ वडाका किसानहरुको आकर्षण यसमा बढिरहेको छ । यहा“का किसानहरुले अरुको खेत भाडामा लिएर पनि केरा खेती गर्दै आइरहेका छन् ।
धान, गहु, मकै खेतीगर्दा भनेको बेला मल, खाद्य नपाइने, काम गर्ने खेतालाको अभाव, सिंचाइको असुविधाले गर्दा किसानहरु व्यवसायिक केरा खेतीमा लागिरहेका छन् । धान र गहुँमा बढी मिहेनत गर्नु पर्ने, उखु खेती गरेर समयमा रकम र उचित मूल्य नपाउँदा किसान केरा खेतीतर्फ आकर्षित हुँदै गइरहेका छन् । राम्रोसँग उत्पादन भएमा एक विगाहामा खर्च कटाएर ३ लाखसम्म वार्षिक आम्दानी हुने कृषकहरुको भनाइ छ । कम लागत र छोटो समयमै सन्तोषजनक उत्पादन गर्न सकिने केरा खेतीको आम्दानीले जीवनयापन सहज हुँदै गइरहेको किसानहरुको भनाइ छ । सुरुमा एकपटक रोपेपछि ९ महिनामा केरा पसाउन थाल्ने र एक वर्षमा बेच्नको लागि केरा तयार हुने गरेको छ । एक पटक रोपेपछि कम्तिमा ५ वर्षसम्म रोप्न नपर्ने भएकाले खेती गर्न सहजभएको किसानहरुको अनुभव छ । केरा खेती गर्दा किसानहरुले गवारा लगायतका रोग र किराहरुले केरामा नोक्सान पु¥याउने गरेको, बैंक ऋण सहुलियतमा नपाउने र हावाहुरी असिनाले समस्या उत्पन्न गर्ने गरेको छ । सरकारले कृषि वीमा अन्र्तगत केरा खेतीको वीमा गरिने व्यवस्था भएपनि त्यस्का लागि नम्बरी जग्गा हुनुपर्ने प्रावधान भएकाले ऐलानी जग्गामा खेती गरिरहेका किसानहरुले चाहेर पनि वीमा गर्न नसकेको गुनासो गर्दै आएका छन् । तीनै तहका सरकारले यसरी व्यवसायिक केरा खेतीमा लाग्ने कृषकहरुलाई आवश्यक सहयोग, प्राविधिक ज्ञान तथा तालिम, कृषि प्राविधिकको व्यवस्था गरे यो खेती अझै फस्टाउने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here