चन्द्रपुर,९ साउन । नेपाल सितोरियो करांते संघ रौतहटसंग अवद्ध खेलाडीहरुले सनिबार एक कार्यक्रमका बिच गुरु पुर्णिमा पर्व मनाएका छन् ।
रौतहट जिल्लाको बिभिन्न स्थानमा छरिएर रहेका करांते डोजोका खेलाडीहरु चन्द्रनिगाहपुर स्थित करांते कवर्डहलमा गुरु पुर्णिमा मनाएका हुन् । कराते प्रशिक्षकहरुलाई खेलाडीहरुले सम्मान पुर्वक फुलमाला र अबिर लगाउदै केक काटेर गुरु पुर्णिमा मनाएको करांते खेलाडी देवीका दहालले बताईन् ।
गुरु पुर्णिमाका अवसरमा कराते प्रशिक्षक तथा मध्यामाञ्चल क्षेत्रिय खेलकुद विकास समिति प्रदेश २ का उप निर्देशक सुरेन्द्र श्रेष्ठले केक काटेका थिए । नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष तथा करातेका स्वयम सेवक प्रशिक्षक अशोक पहाडी ,भिम पहरी ,अर्जुन पहाडी ,भुमिलाल भोलन सानु पटेल लगाएतका कराते प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here