रौतहट, १० साउन । जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

गरुडा नगरपालिका–५ शिवनगर बस्ने संदिप साह सोनारको छोरा ४ वर्षीय सुवास साह सोनारको डुबेर शनिबार साँझ मृत्यु भएको हो ।

आफ्नै घर नजिकै खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने दुखी साहकी ३ वर्षीया छोरी अनुस्का कुमारीको डुबेर शनिबार साँझ मृत्यु भएको छ ।

आफ्नै घर नजिक खेल्ने क्रममा पोखरीमा डुबेर उनको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here