चन्द्रपुर,१० साउन । रौतहटको चन्द्रनिगाहपुरमा रहेको सिभिल अस्पतालमा पहिलो पटक शल्यक्रियाबाट प्रसुती सेवा प्रदान गरिएको छ । शुक्रबार सो अस्पतालमा जिल्लाको माधव नारायण नगरपालिका वडा नं–९ का २४ वर्षीय प्रतिमा देविलाई पहिलो पटक सो अस्पतालले शल्यक्रिया माध्यमबाट प्रसुती गराएको सिभिल अस्पतालका सञ्चालक राजन साहले बताएका छ्न ।
निकै कम समयमा सेवाग्राही तथा बिरामीहरुको मन जित्न सफल रहेको सो अस्पतालले शुक्रबारबाट प्रसुतीसेवा सञ्चालनमा ल्याएपछी चन्द्र्रपुर, गुजरा, फतुवा बिजयपुर, बृन्दावन, गढिमाई, माधव नारायण लगायतका आसपास क्षेत्रका प्रसुती हुने आमाहरुलाई सहज हुने भएको छ ।
सिभिल अस्पताल चन्द्र्रनिगाहपुरमा प्रसुती सेवामा शल्यक्रिया सेवा थपिएको हो । सिभिल अस्पतालमा शल्यक्रिया कक्ष स्थापना गरेर प्रसुती सेवा सञ्चालन गरिएको हो । शल्यक्रियाबाट प्रसुती सेवा यही पाउने भएपछि धेरै आमाहरुलाई सजिलो हुनेछ । जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको छ, सो अस्पतालका डाक्टर राम किशोर साहले भने,यो सेवालाई थप प्रभावकारी र सुविधायुक्त बनाउदै लैजाने बताएका छ्न ।
शुक्रबार डाक्टर संजिव कुमार साह, डाक्टर सुधिर साह र डाक्टर राम किशोर साहको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टिमले शल्यक्रिया गरेको थियो । शुक्रबार शल्यक्रियामा सो अस्पतालमा विभिन्न पदमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी र चिकित्सकको टोली खटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here