कटहरिया,११ साउन । रौतहटको एक विद्यालयमा पढन पाठन नहुने गरेको भएपनि शिक्षकले मासिक तलव बुझने गरेको पाईएको छ । जिल्लाको फतुवा बिजयपुर नगरपालिका वाड नं ५ मा हरेको श्री प्राथमिक विद्यालय सन्तपुर दोस्तिया मा वर्षौ देखि पठन पाठन नहुने गरेको स्थानीयले बताए ।
विद्यालयमा पढन पाठननै नहुने गरेको भएपनि शिक्षकहरुले मासिक रकम भने बुझदै आएको स्थानीयले बताए । सो विद्यालयका कर्मचारीहरूले विद्यालयनै नगई तलब भात्ता खा“दै आईरहेको स्थानीयले तराई एक्सप्रेसलाई बताए । विद्यालय व्यावस्थापन समितिले समेत सो विषयमा चासो नदिएका कारण विद्यालयको अवस्था नाजुक बनेको र शिक्षकहरुले कमै नगरी तलव खाने गरेको व्यापक गुनासो भएपनि सम्बन्धीत नगरपालिकाले कुनै चासो नदिएको गाउलेहरुको भनाइ रहेको छ ।
विद्यालय संचालनमा नआउदा विद्यालय भवन स्थानीय युवाहरुको गांजा खाने ठाउका रुपमा परिणत हुदै आएको छ ।
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापक शिवमंगल यादवले विद्यालय संचालन गर्नेतर्फ ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ ।
विद्यालय संचालनमा नरहेको र विद्यालयमा नियमित शिक्षक ,शिक्षिका नआउने गरेका कारण आफुहरुले विद्यालयमा बालबालिका नपठाउने गरेको स्थानीय एक अभिभावकले जानकारी दिएकाछन् ।
सो विद्यालयका शिक्षक ,शिक्षिका विद्यालयमा जानुको साटो आफ्नो निजी काम गर्ने र राजनितिमा सक्रिय रहेका कारण विद्यालयको अवस्था नाजुक बनेको स्थानीयले बताए ।
सरकारले नया शैक्षिकसत्र २०७८ को लागि विद्यालये खुल्ने र विद्यार्थी भर्ना लिने आदेश गरेता पनि उक्त द्यिालयका प्रधानाध्यापक शिवमंगल यादव विद्यालमै उपस्थित नहुने गरेका कारण सो विद्यालयले गर्ने भर्ना अभियान समेत हुन नसक्ने स्थानीयको भनाइ छ ।
विद्यालय संचालन नभएको बिषयमा सो नगरपालिकाका प्रमुख गोपाल यादवसंग सम्पर्क गराख्न खोज्दा सम्पर्क हुन सकेन । २०७८ साउन ११ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।