गणेश तिमलसिना, सिन्धुरेघारी,१२ साउन । चन्द्रपुर नगरपालिका वडा नं. ९ मा जयकिसान दुग्ध उत्पादक सहकारी संस्थाले पशुपालक कृषकहरुलाइ ५० प्रतिशत अनुदानमा च्याप कटर मेशिन वितरण गरेको छ । चन्द्रपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द दुलालको प्रमुख आतिथ्यतामा संस्थाले एक कार्यक्रमको आयोजना गरी कृषकलाई मेशिन वितरण गरेको हो ।
सोमबार आफनै भवनको प्राङगणमा एक कार्यक्रम आयोजना गरि बढि दुग्ध बेच्ने ३ जना कृषकलाई च्याप कटर मेशिन वितरण गरिएको संस्थाका अध्यक्ष प्रकाश चौलागाँईले बताए । कृषिमा आधुनिकीकरण र उत्पादनमा वृद्धि गर्नको लागि संस्थाले कृषकलाई हरेक वर्ष सहयोग गर्दै आएको चौलागाँईको भनाई रहेको छ । च्यापकटर मेशिन वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष दुलालले सहकारीले उपलब्ध गराएको सामाग्रीले पशुपालक कृषकहरुलाई कृषि क्षेत्रमा काम गर्न सहज भएको र आगामी दिनमा पनि कृषिसँग सम्बन्धित नौलो र पृथक किसिमका कार्यक्रम ल्याउन सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here