काठमाण्डौ,१२ साउन । नेपाली काँग्रेसको महाधिवेशन तयारी लगायतका विषयमा छलफल गर्न पदाधिकारी बैठक आज बस्दैछ । बिहान ९ बजेपछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक बस्ने काँग्रेस प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसको पूर्व निर्धारित महाधिवेशन कार्यतालिका अनुसार आजबाट वडा तहको अधिवेशन सुरु हुने भनिएको थियो । तर, तल्लो तहको अधिवेशन स्थगित भएको छ । अब महाधिवेशनको बारेमा बाँकी छलफल र निर्णय गर्नको लागि बैठक आह्वान गरिएको बताइएको छ । आजको बैठकमा क्रियाशील सदस्यता विवाद बारेमा छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेन सभापति देउवालाई बुझाउने भएको छ । करिब ५ महिनाको छानबिनपछि समितिले प्रतिवेदन बुझाउन लागेको हो ।