चन्द्रपुर,१२ साउन । पछिल्लो समय रौतहटको गाउ“ गाउमा ज्वरोको बिरामी बढेको छ । कोरोना भाइरसको त्रास कम भएसगै विगत एक सातादेखी रौतहटमा भाइरल ज्वरोका बिरामी बढेका छन् । रौतहटका प्रत्येक टोल बस्तीमा अहिले भाइरल ज्वरोको प्रकोप देखिएको छ । एउटै घरमा परिवारका कयौं सदस्यसम्म बिरामी परेका छन् ।
भाइरल ज्वरोको प्रकोप बढेपछि जिल्लाका सरकारी तथा निजी अस्पतालहरुमा यतिखेर भाइरल ज्वरोको बिरामीको चाप बढेको पाइएको छ ।
जिल्ला अस्पताल गौरका साथै अन्य स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरो तथा रुघा खोकीका बिरामीको चाप ह्वातै बढेको छ । बिरामीमा १०२, देखि १०४ डिग्रीसम्म ज्वरो आउने, अत्याधिक मात्रामा खोकी लाग्ने, टाउको तथा छाती दुख्ने जस्ता लक्ष्ण देखिएको चिकित्सकहरु बताउछन् ।
अस्पतालमा अहिले सबभन्दा बढी भाइरल ज्वरोकै बिरामी आउने गरेको सिभिल हस्पिटल चन्द्रनिगाहपुरका प्रमुख एमबीबीएस डाक्टर राम किशोर साहले तराई एक्सप्रेसलाई बताए । अस्पताल आउने अधिकांश बिरामीमा टाइफाइडको समस्या देखिएको डाक्टर साहले बताए ।
मौसम परिवर्तन हुने र पानी पर्ने समयमा वर्षेणी भाइरल ज्वरोको बिरामी बढने गरेको उनले बताए । अहिले ज्वरो र रुघा खोकी लाग्ने समय नै रहेकोले भाइरल ज्वरो लाग्दैमा आतिनुपर्ने अवस्था नरहेको बताउ“दै डाक्टर साहले भाइरल ज्वरो लागेमा तुरुन्त औषधी उपचार गराउन सुझाव दिएका हुन । सुरुमा शरीर दुख्ने, रुघाखोकी लाग्ने, कडा ज्वरो आउने, अँखा पोल्ने लगाएत भाइरल ज्वरोका लक्ष्ण हुन ।
यस्ता लक्ष्णहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकको सुझाव छ । भाइरल ज्वरोबाट बच्न पानी उमालेर खाने, समूहमा हिडडुल नगर्ने, आराम गर्ने, झोलिलो पदार्थ बढि खानुपर्ने चिकित्सकहरुले सुझाव सल्लाह दिएका छन ।
गत वर्ष कोरोना भाइरसको सन्त्रासका कारण मानिसहरुले सरसफाई र स्वास्थ्यमा ध्यान दिएको भएपनि यो वर्ष कोरोनाको त्रास कम भएसंगै मानिसले सरसफाई र स्वास्थ्यमा लापरवाही गर्दा भाइरल ज्वरोका विरामीको चाप बढेको चिकित्सकहरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here