बृन्दावन, १४ साउन । रौतहटको बृन्दावन नगरपालिकामा केटी भगाएको बिषयलाई लिएर कुटा कुट भएको छ । सहनीको छोराले यादवको छोरी भगाएको बिषयमा स्थानीयले सहनीहरु माथि कुटपिट गरेका हुन । केटी भगाएको बिषयमा बृन्दावन नगरपालिकाको बौहरी गाउका स्थानीयले केही सहनीको घरमा आगजनी गर्नुका साथै सहनीहरु माथि कुटपिट गरेको स्थानीयले बताए । एक स्थानीय यादव परिवारकी छोरीलाई सहनी परिवारका केटाले भगाएको बिषयमा गाउमा उत्पात मच्चिएको छ । गत जेठ २ गते केटी भगाएको बिषयलाई लिएर केही दिन पहिला बौअरीमा रहेका सहनी परिवार माथि आक्रमण भएको थियो । केटी नल्याए सम्म आफुहरुले गाउमा सहनीहरुलाई बस्न नदिने भन्दै कुटपिट भएको स्थानीयले बताएकाछन् । केटाले केटी भगायो कहा लग्यो थाहा भएन ,तर हामीलाई गाउमा बस्ने बातारबण भएन स्थानीय जयराम सहनीले भने । केही निद पहिला सोही बिषयमा बौहरी गाउका भएको कुटाकुटामा केही सहनी परिवार सदस्य घाईते भएकाछन् । उनीहरुले आफुहरु गाउमा बस्ने बाताबरण नभएको भन्दै बिभिन्न निकायमा उजुरी समेत दिएकाछन् ।
यादव परिवारले केटी नल्याए सम्म आफुहरुले सहनी परिवारलाई गाउमा चैन संग बस्न नदिने भन्दै उनीहरुको घरमा आगजनी समेत गरेकाछन् । अहिले सहनी परिवार गाउ छाडेर भागाभागको अवस्थामा रहेकाछन् ।
ईलाका प्रहरी कार्यलय गरुडाले आफुले दुबै पक्षलाई मिलाउने प्रयास गरेको बताएको छ । गाउमा प्रहरीकै समुन्ने सहनीको घर जल्दा समेत प्रहरी मुकदर्शक बनेको स्थानीयको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here