चन्द्रपुर,१४ साउन । नेपाल विद्युत प्राधिकरणको लापारवाहीका कारण उपभोक्ता मारमा परेकाछन् । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरको चरम लापारवाहीका कारण उपभोक्ता मारमा परेका हुन् ।
दिनमा र रातमा पटक पटक झ्याझ्याप लाईन काटने गरेका कारण उपभोक्ता मारमा परेका हुन । प्रधिकरणले बुधबार दिउसो मात्र १२ पटक भन्दा बढी लाईन काटेका कारण आफुहरु मारमा परेको चन्द्रनिगाहपुरका स्थानीय व्यापारी नन्दकुमार श्रेष्ठले गुनासो गरे । रातीको समयमा समेत पटक पटक लाईन जाने गरेका कारण आफुहरु मारमा परेको श्रेष्ठको भनाइ रहेको छ । पछिल्लो नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरले विना सुचना दिनभरी र रातभरी जसो लाईन काटने गरेका कारण गर्मीको बेला रात कटाउन समस्या परेको उपभोक्ताहरुको भनाइ रहेको छ ।
प्राधिकरणले बिभिन्न बाहना बनाएर बिना सुचना लाईन काटने गरेको भन्दै उपभोक्ताहरुले गुनासो गर्दे आएको भएपनि त्यस तर्फ प्राधिकरणले ध्यान दिएको छैन् ।
यसै बिच प्राधिकरणले विजुलीको बिलमा पनि जालझेल गरेको गुनासो बढदै जान थालेको छ । मिटर रिडर गर्नेले गत महिनाकै तुलनाका आफुहरुको मिटर उठेको भएपनि डवल बिल काटने गरेको गुनासो उपभोक्ताले गरेकाछन् । मिटर कम उठेको भएपनि बिल भने गत महिनाको भन्दा डबल उठेको चन्द्रनिगाहपुर सरोज पहरीले गुनासो गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here