रुपेन्द्र पटेल
चन्द्रपुर, १७ साउन ।
हरेक साल मलको समस्या झेल्दै आएका रौतहटका किसानलाई यस वर्ष पनि फेरि भारतीय मलको भर गर्नु परेको छ । रसायनिक मल नपाइएपछि रौतहटका किसान भारतीय मलमाथि निर्भर हुनुपर्ने वाध्यता छ । जिल्लाको भारतीय सीमावर्ती क्षेत्रबाट सहजै मल आउने गरेको भएपनि उत्तरी भेगका किसानले भने अभाव झेल्नु परेको छ । युरिया मलका लागी किसान यतिबेला पानि बिनाको माछा जस्तै छटपटिरहेका छन् ।
सरकारले यस वर्ष मल अभाव नहुने दावी गरेका थिए । तर रौतहटको बजारमा यतिबेला युरिया मलको चरम अभाव भएको छ । अन्य मल पाएपनि रौतहटको बजारमा यतिबेला युरिया मल पाउनै नसक्ने अवस्था रहेको किसानहरुको भनाई रहेको छ । धानमा हरियालि ल्याउन तथा धानको जरा मजबुत बनाउनका लागी किसान यतिबेला युरिया मल खोज्दै छ, तर युरिया मल नपाएपछि किसान चिन्तित बनेका छन् । रौतहटको बृन्दावन नगरपालिका वडा नं—१ का किसान ह्दय नारायण पटेलले आफ्नो खेतमा युरिया मल हाल्न करिब ५ दिन देखि रौतहटको बिभिन्न बनार धाइरहेको तर उनले युरिया मल कत्तै नपाएको गुनासो गरे ।
पटेलले युरिया मल रौतहटको बजारमा नपाएपछि बिहीबार उनले भारतको घोडासानबाट साईकलमा २ बोरा युरिया मल ल्याएर खोतमा छरेको बताएका छन् । चन्द्रपुर १० बालचनपुरका किसान सोनालाल महतोले पनि उस्तै समस्या तराई एक्सप्रेसलाई सुनाए ।
महतोका अनुसार युरिया मलका लागी जिल्लाको धेरै बजारमा पुगे तर उनलाई कत्तै मल पाएन र उनले बैरगनियाबाट एक बोरा युरिया मल ल्याएर खेतमा छरेको तराई एक्सप्रेसलाई बताए ।
मल पाउन छोडेपछि जिल्लामा नक्कली भारतीय मलको तस्करी समेत बढेको छ । विभिन्न सीमावर्ती नाका भएर भारतीय मल रौतहट भित्रिइरहेको देखिएको छ । नेपाली मल प्रतिबोरा ९ सय २० रुपैयामा पाइन्थ्यो, बिश्रामपुरका किसान रामएकवाल साह भन्छन्, मलको अभावमा भारतीय मल प्रतिबोरा एक हजार दुई सय रुपैयामा किन्न किसानहरु बाध्य हुनुपरेको छ ।
रौतहटको बजारमा युरिया मलको अभाव भएपछि खुल्ला सिमानाका कारण घोडासान, चैनपुर, बरगिनीया, छौडादानो र आधापुरलगायत भारतीय बजारबाट किसानले युरिया मल ल्याएर खेतमा छर्नुपर्ने वाध्यता रहेको किसानको भनाइ छ । नेपाली बजारमा मल नपाउ“दा सीमावर्ती भारतीय बजारबाट जसो तसो गरेर मल ल्याएर धान खेतमा हाल्ने गरेको छ । भारतबाट मल ल्याउन निकै कष्ट झेल्नुपरेको भएपनि किसान यतिबेला भारतबाटै मल ल्याएर खेतमा छरिरहेको देवाही गोनाहीका किसान भरत साहले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here