गौर, १७ साउन । रौतहट प्रहरीले अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ । रौतहटको छुट्टाछुटै स्थानमा अवैध रुपमा सञ्चालन गरिएको घरेलु मदिरा भट्टी प्रहरीद्रारा नष्ट गरेको हो । जिल्लाको राजपुर र परोहा नगरपालिकामा अवैध रुपमा संचालन भएको घरेलु मदिरा भट्टी नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्टी टोलले आईतबार राजपुर नगरपालिका वडा नम्बर ६ मा रहेको ३ वटा भट्टी फुटाईएको छ, भने कच्चा पदार्थ १ हजार लिटर, ५० लिटर तयार गरिएको मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ । यस्तै, जिल्लाको परोहा नगरपालिका वडा नम्बर ४ मा अवैध रुपमा संचालन भएको मदिरा भट्टी प्रहरीद्रारा नष्ट गरिएको छ । नष्ट गरिएको भट्टीहरुको संचालकको हुन् भने यसबारे अनुसनधान सुरु भएको जिल्ला प्रहरी कायालय रौतहटले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here