ननथर,१८ साउन । रौतहट जिल्लाको उत्तरीपूर्वी भेगमा रहेको धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थल नुनथरमा सोमबार बोलबमको भिड लागेको थियो । साउन लागेपछि नुनथरमा धार्मी पर्यटकको निकै चहल पहल बढेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ रहेको नुनथर प्रदेश नम्बर २ कै चर्चित धार्र्मीक पर्यटक स्थलको रुपमा परिचित रहेको छ । कोरोना कहर र लकडाउनका कारण सुनसान बनेको नुनथरमा सोमबार परेको भारी बर्षाका बाबजुद समेत धार्मीक पर्यटकको भिड लागेको थियो ।
साउनको दोस्रो सोमबार रौतहट जिल्लाका अदावा सर्लाही ,महोत्तरी ,धनुषा ,बारा ,पर्सा र भारतका समेत बोलबम जल लिनका लागि नुनथर क्षेत्रमा आएको नुनथर क्षेत्र विकास समितिका सदस्य समिर कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here