रुपेन्द्र पटेल
बलरी, १८ साउन ।
पछिल्लो समय रौतहटको बृन्दावन सव डिभिजन वन कार्यालयको मातहतको वनमा वन कर्मचारीले कडाई गरेको छ । सो वन कार्यालयको मातहतमा भईरहेको तस्करीमा वन कर्मचारीले निगरानी बढाएको हो । आईतबार बृन्दावन सव डिभिजन वन कार्यालयको मातहतको वनबाट वन कर्मचारी महाबिर प्रसाद चौधरीको कमाण्डमा खटेका वन गस्ती टोलिले तस्करीमा सक्रिय एक जना महिलालाई पक्राउ गरेको छ । जिल्लाको बृन्दावन नगरपालिका वडा नं-१ रमौली बैरियाकी दुलारी सहनीलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । सहनिले दैनिक जसो सो वन कार्यालयको मातहतमा तस्करी गर्दै आएको थियो । सोही क्रममा आईतबार उनि सखुवा जातको करिव ८ क्युफिट काठ साईकलमा लोड गरेर ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेकी सहनिलाई कार्वाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा ल्याएको बताएका छ्न । यस्तै सोमबार साझ पनि सो वन कार्यालयको मातहतको वन बाट बेवारिसे अवस्थामा करिब ३ क्युफिट सखुवाको काठ बरामद भएको छ । सोमबार साझ करिब ७ बजेको समयमा विशेष सूचनाको अधारमा बलरीको झुलुङ्गे पुल नजिक चादी खोलाको किनार तस्करले जंगलबाट ल्याएर लुकाई छुपाई राखेको अवस्थामा सो काठ बरामद भएएको बृन्दावन सव डिभिजन वनका जम्दार महाबिर चौधरीले बताएका छ्न । बरामद भएको काठ बृन्दावन सब डिभिजन वन कार्यालयमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here