चन्द्रपुर,१९ साउन । बिजुलीको पोलनै चोरी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरमा बिजुलीको खम्बा (पोल)चोरी गर्ने रौतहटका दुई सहित ७ जना पक्राउ परेका छन् । वागमती गाउपालिकाबाट खम्बा चोरी गरी लैजादै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रौतहटको चनद्रपुर नगरपालिकाका दुईजना समेत बिजुलीको पोल चोरीमा संलग्न रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देवपुर नगरपालिका–१ का ३० वर्षीय जयराम सापकोटा, उदयपुर घर भई हाल भक्तपुरको मध्यपुरठिमी नगरपालिका–७ बस्ने २७ वर्षीय हरि नेपाल रहेका छन् । त्यसैगरी मकवानपुरको वाग्मती–७ बस्ने ३० वर्षीय सुरेश लामा, सोही स्थान बस्ने २२ वर्षीय उमेश लामा, रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटार बस्ने ३२ वर्षीय धनबहादुर लामा र सोही स्थान बस्ने ४० वर्षीय देव पौडेल रहेका छन् । वागमती गाउँपालिका–१ को हात्तीटुगेस्थित बाटो छेउमा राखिएका खम्बा मे १ ख १५०५ नम्बरको ट्रकमा लोड गरी लैजाँदै गर्दा वाग्मती–४ झुरझुरेस्थित धरान–चतरा सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुले चोरीमा संलग्नमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here