चन्द्रपुर,१९ साउन । पुर्व पश्चिम राजमार्गसंगै रहेको चन्द्रनिगाहपुर बजारमा बाहिरी जिल्लाबाट मानसिक सन्तुलन गुमाएकाहरुलाई गाडीमा ल्याएर छाडिदिने गरेका कारण यहां यस्ता मानिसको संख्या बढदै जान थालेको हो । राजमार्गसंगै रहेका खाना खुवाउने होटलको संख्या बढी रहेका कारण यस्ता मानिसका लागि खान समस्या नहुने भएका कारण सर्लाही र बारा जिल्लाबाट मानसिक सन्तुलन गुमाएकाहरुलाई ल्याएर यहा छाडिने गरेको स्थानीयको भनाइ रहेको छ । चन्द्रनिगाहपुर पुर्व पश्चिम राजममार्गमा चल्ने बसले खाना खाने स्थानका रुपमा समेत परिचित रहेका कारण बाहिरी जिल्लाका मान्छेले खान पाउछन भनेर ल्याएर छाडिदिने गरेका हो । मानसिक सन्तुलन गुमाएकाहरुले बाटोमा जथाभावी बोल्दै हिडने ,नागैं हिडने गरेका कारण समस्या उत्पन्न भएको स्थानीय व्यापारी माधवलाल श्रेष्ठले गुनासो गरे ।
चन्द्रनिगाहपुरको मुख्य चोकमा मात्र दुई दर्जन बढी मानसिक सन्तुलन गुमाएका महिला तथा पुरुष रहेको स्थानीयको अनुमान रहेको छ ।
केही स्थानीयले यस्ता मानसिक सन्तुलन गुमाएकाहरुलाई खान दिने गरेको भएपनि अधिकांस राजमार्गमै भौतारिने गरेका छन् ।
मानसिक सन्तुलन गुमाएकाहरुले कहिले काही राजमार्गमै रमिता देखाउने गरेका कारण उनीहरुको उचित व्यावस्थापनमा समबन्धीत निकायले चासो दिनुपर्ने स्थानीय व्यापारी राजु तिवारीको भनाइ रहेको छ । बिभिन्न स्थानबाट चन्द्रनिगाहपुरमा ल्याएर छाडिएका यस्ता मानिसको सडकमै मृत्यु हुने गरेको र चन्द्रपुर नगरपालिकाले उनीहरुको शव सदगद गर्नका लागि पैसा खर्च गर्नुपर्ने अवस्था रहेको छ ।