चन्द्रपुर,१९ साउन । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रका घरबाट निकालिएको सेफ्टी ट्याङकीको फोहोर राजमार्गमानै फालिने गरिएको छ । सेफ्टी ट्याङकीको फोहोर ट्याक्टरवालाले राजमार्ग फाल्दा राजमार्ग हिडनेले नाक थुनेर हिडनु पर्ने बाध्यता रहेको छ । घर घरको फोहोर निकाल्ने ट्याकी संचालकले चन्द्रनिगाहपुर निजगढ सडक खण्ड र चन्द्रनिगाहपुर बागमती सडक खण्डको पुर्व पश्चिम राजमार्गको छेउमै फाल्ने गरेको चन्द्रनिगाहपुरका स्थानीय ब्यापारी मनोज भट्टराईले बताए । फोहोर फाल्ने निस्चित ठाउको अभाव भएकाले समेत यस्तो फोहोर उठाउनेले जहां मन लाग्यो त्यही फाल्ने गरेका छन । चन्द्रपुर नगरपालिकाका ट्याकी संचालकले घर घरबाट निकाल्ने फोहोर अर्थात गुह कहां फाल्ने भनेर निस्चित स्थान नतोकेका कारण समस्या भएको स्थानीयको भनाइ रहेको छ ।पुर्व पश्चिम राजमार्ग छेउमै यसरी फोहोर फाल्नेलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने अर्का स्थानीय युवा रबि राना मगरको भनाई रहेको छ । राजमार्ग छेउमा फोहोर फाल्ने ट्याकी संचालकलाई कार्वाहीको दायरमा ल्याउने चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले बताए । बढदो सहरी करणसंगै चन्द्रपुर नगरक्षेत्रका घरबाट दैनिक सेफ्टी ट्याङकी सफा गरेको फोहोर ठूलो मात्रामा निस्कने गरेको छ । नगरपालिकाबाट निस्केको फोहोरनै कहां फल्ने ठेगान नभएका बेला सेफ्टी ट्याङकीको गुहु कहा फाल्ने भन्ने कुरै आउदैन् ,स्थानीय युवा राजन सर्राफले गुनासो गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here