अमृत सापकोटा,गौर,२१ साउन ।
नेकपा एमालेका प्रदेश २ साह ईन्चार्ज अच्युत मैनालीले माधव नेपाल समुहले नेकपा एमाले पार्टी धरासाइ बनाउने काम गरेको बताएका छन् । नेता मैनालीले रौतहटको सदरमुकाम गौरमा बिहिबार आयोजित जिल्ला स्तरिय बिस्तारित बैठकलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
नेता मैनालीले माधव नेपालकै कारण नेकपा एमालेको बहुमतको सरकार सरकारबाट हटनु परेको बताए । त्यस्तै सोही कार्यक्रममा नेकपा एमाले प्रदेश २ की अध्यक्ष ज्वाला साहले माओवादी नेता र माधव समुहका कारण देशमा बहुमतको कम्युनिष्ट सरकार ढलेको बताईन् । उनले अव आउने स्थानीय निर्वाचनलाई लक्षित गरेर संगठन बिस्तारमा लाग्न समेत कार्यकर्तालाई आग्रह गरिन् । नेकपा एमाले रौतहटका अध्यक्ष तुलसीराज गिरीको अध्यक्षतामा भएको बिस्तारित बैठकमा बोल्दै रौतहट ईन्चार्ज लालबाबु यादवले माधव नेपाल समुहलाई तत्काल पार्टीले कार्वाही गर्नुपर्ने बताए थिए । बिस्तारित बैठकले रौतहट जिल्लाभरी वडा तथा नगर अधिवेसन गर्ने ,सदस्यता बितरण तथा नविकरण गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष गिरीले तराई एक्सप्रेसलाई जानकारी दिए ।
बैठकले रौतहट जिल्ला स्तरमा पालिका स्तरमा संगठन बिस्तारका लागि टोली गठन समेत गरेको छ । बैठकमा हललेनै माधव समुहलाई तत्काल कार्वाही गरेर पार्टीलाई सुदृढ बनाउने पर्ने आवाज उठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here