रौतहट,२१ साउन । जिल्लाको फतुवा विजयपुर नगरपालिकामा मेयर गोपाल यादवकै मिलिेमतोमा आर्थिक अनियमिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
सो नगरपालिकाले बिभिन्न फर्जी योजना बनाएर कामै नगरी बिल बनाई करोडौ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास र जिल्ला प्रशासन कार्यलय रौतहटमा उजुरी परेको हो । फतुवा विजयपुर नगरपालिका वडानं ७ का स्थानीय बासिन्दा नरेन्द्र कुमार यादवले २०७७÷७८ का लागि छनौट गरिएको योजना मध्य नगरपालिकाका नगर प्रमुख गोपाल यादव र कर्मचारीको मिलेमतोमा फर्जिी योजना बनाएर आर्थिक अनियमिता गरेको भन्दै अख्तियारमा उजुरी दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here