अशोक पहाडी,
रौतहट,२२ साउन । जिल्लाको चन्द्रपुर नगरपालिकामा रहेको सरकारी अस्पताल आफै बिमारी परेको छ ।
अस्पतालको अवस्था लथालिगं रहेको छ । अस्पतालमा रहेको एक्सरे मेशिन बिग्रेको दुई बर्ष बित्दा समेत समबन्धीत निकायले मर्मत तर्फ चासो लिएको छैन ।
एक्सरे मेशिनमा माकुराले लगाएको जालो हटाउने तर्फ समेत कर्मचारीले ध्यान दिन सकेका छैनन् । १५ बेडको सरकारी अस्पतालबाट सेवाग्रहीले समान्य उपचार समेत पाउन नसकेको गुनासो बढदै जान थालेको छ । अस्पतालमा रहेको एक्सरे मेशिन संचालनका लागि २ जना कर्मचारी रहेकोमा मेसिन बिग्रेपछि पनि दुई बर्ष देखी ती कर्मचारीले कामै नगरी तलव भत्ता बुझदै आएकाछन् । सो अस्पतालमा जहुर राइन् ,सन्दीप साह र देव शंकर पासवान गरेर तीनजना डाक्टर हाल कार्यरत रहेकाछन् ।
अस्पतालमा सेवाग्रहीले समान्य उपचार समेत नपाउने गरेको चन्द्रनिगाहपुरका स्थानीय बासिन्दा रवी राना मगरले तराई एक्सप्रेसलाई बताए ।

