काठमाण्डौँ, २३ साउन । एसईई परीक्षाको परीक्षाफल लगातार दोस्रो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै प्रकाशित भएको छ । सानो ठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले शनिबार एसईई परीक्षाको परीक्षाफल प्रकाशन गरेको हो । गत वर्ष चैतमा निर्धारित एसईई परीक्षा कोरोना महामारीका कारण देश नै लकडाउनका कारण स्थगित भएको थियो । परीक्षाको मिति निर्धारित गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयले गरे पनि अन्ततः आन्तरिक मूल्यांकनबाटै एसईईको परीक्षाफल प्रकाशित भएको थियो । विद्यालयहरूले आन्तरिक मूल्यांकनका आधारमा पठाएका प्राप्तांक प्रत्येक जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय इकाइले बोर्डमा पठाएको र त्यसलाई प्रमाणीकरण गरेर भदौ १ गते परीक्षाफल प्रकाशित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here