बृन्दावन,२३ साउन । रौतहटको बृन्दावन नगरपालिका वडा नं—१ मा नेपाल कम्यूनिष्ट पार्टी ( माओवादी केन्द्र) को वडा भेला सम्पन्न भएको छ । सो भेला पूर्व माननीय तथा माओवादी केन्द्रका जिल्ला सचिव देबेन्द्र पटेल, र प्रदेश २ सदस्य देवकी नेपालको अध्यक्षतामा २९ सदस्य वडा समिती गठन गरेको हो । भेलाले अध्यक्षमा रमेश पटेललाई चयन गरेको माओवादी केन्द्र प्रदेश २ सदस्य देवकी नेपालले बताईन् । यस्तै सचिवमा जोगेन्द्र साहलाई चयन गरेका छन् । सदस्यहरुमा अमिन्द्र पटेल, लालबाबु, मुकेश पटेल, नन्दकिशोर राय यादव, शैलेश पटेल, रामबाबु, संजिप कुलमान घिसिङ् लगाएतका रहेको नेपालले बताईन् । शनिबार सम्पन्न सो वडा भेलामा माओवादी केन्द्रमा लागेका बिभिन्न पद अधिकारीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here