चन्द्रनिगाहपुर,२३ साउन । जिल्लाको चन्द्रनिगाहपुरमा रहेको संकल्प बचत तथा ऋण सहकारी संस्था र सिभिल अस्पताल चन्द्रनिगाहपुर बिच एक सम्झौता भएको छ । सम्झौता अनुसार सिभिल अस्पताल चन्द्रनिगाहपुरले संकल्प बचत तथा ऋण सहकारी संस्थाका सम्पुर्ण सेयर सदस्यको उपचारमा बिषेश छुटको व्यावस्था गरेको छ । दुई बर्ष सम्म लागु रहने सम्झौतामा संकल्प बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यलाई अस्पताले ओपिडी सेवा निशुल्क गर्ने ,ल्याव ,एक्सरे ,तथा भिडियो एक्सरेमा २० प्रतिशत छुट दिने सम्झौता भएको छ । संकल्पका सेयर सदस्यलाई औषधी खरिदमा ५ प्रतिशत छुटको व्यावस्था गरिएको छ । अस्पतालले हरेक बर्ष जनचेतना मुलक स्वास्थ्य कार्यक्रम तीन पटक गर्ने छ । सम्बन्धीत वडा कार्यलय र संकल्पको सिफारिमा गरिव तथा असाहय सेयर सदस्यको उपचारमा ५० प्रतिशत छुटको व्यावस्था गर्ने निर्णय भएको छ । संकल्प बचत तथा ऋण सहकारीका तर्फबाट अध्यक्ष बिभु पोखरेल र अस्पतालका तर्फबाट राजिनन्दन साहले सम्झौता पत्रमा हस्ताक्षर गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here