गरुडा, २४ साउन । रौतहटको श्री माध्यमिक बिद्यालय गरुडामा सनेटरी प्याड वितरण भएको छ । प्रदेश २ सरकारको “बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तरर्गत गरुडा नगरपालिकाद्धारा श्री माध्यमिक बिद्यालय गरुडामा अध्यनरत छात्राहरुलाई सनेटरी प्याड उपल्बध गराएको श्री माध्यमिक बिद्यालय गरुडाका प्रधानाध्यापक प्रभु राउतले बताएका छन । शनिबार सो बिद्यालयमा अध्यनरत कक्षा ६ देखि कक्षा १० सम्म पढने प्रत्येक छात्राहरुलाई सनेटरी प्याड वितरण गरेको प्रधानाध्यापक राउतले बताए । यस्तै कक्षा ११ का बार्षिक परिक्षा दिन आएका करिब २०० सय छात्राहरुलाई समेत प्याड वितरण गरिएको छ । सो बिद्यालयले प्रत्येक महिना स्कुलमा अध्यनरत छात्राहरुलाई सनेटरी प्याड उपल्बध गराउँदै आएको छ । सनेटरी प्याड वितरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक राउतले भने प्रदेश २ सरकारका कार्यक्रम मध्ये चर्चामा आएका “बेटी पढाऊ बेटी बचाऊ” अभियान अन्तर्गत साईकल वितरणले निकै नेै प्राथमिकता पाएको छ । सो कार्यक्रम अन्तर्गत हाम्रो स्कूलमा पनि चाडैँ नै छात्राहरुलाई साईकल वितरण गर्ने बताए ।