अशोक पहाडी
,रौतहट,२५ साउन । बोलबम बोकेको बोलेरो गाडी रौतहटको नुनथर स्थित नहरमा खस्दा एकजनाको घटना स्थलमै ज्यान गएको छ,भने एकजना बेपत्ता भएका छन् । बारा जिल्ला बाट सोमबारको दिन रौतहटको नुनथरमा जल लिन आएको बोलबम चढेको गाडी जिल्लाको चन्द्रपुर नगरपालिका वडानं १ स्थित बागमती सिंचाईको नहरमा खसेको थियो । ना ५ च ३१६६ नम्बरको बलेरो गाडी आज बिहान ४ बजे नहरमा खसेको थियो ।
बलेरो नहरमा खस्दा बारा जिल्लाको गढीमाई नगरपालिका बस्ने ४५ बर्षकी मिना देबी कोईरीको घटना स्थालमै ज्यान गएको र सोही बलेरोमा सवार बाराकै बोधवन नगरपालिका बस्ले ६५ बर्षकी सोनरी देवी मुखिया नरहमा बेपत्ता भएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछाने तराई एक्सप्रेसलाई जानकारी दिएकाछन् ।
बलेरोमा सवार घाईतेको सर्लाहीको कर्मैयामा रहेको अस्पतालमा उपचार भईरहेको छ ।
नहरमा खसेको बलेरो क्रेनको सहायताले निकाल्ने प्रयास भईरहेको र बेपत्ता महिलाको खोजी कार्यमा प्रहरी जुटेको डिएसपी लामिछाने जानकारी दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here