काठमाण्डौं, २६ साउन । पछिल्लो २४ घण्टामा देशभर ४९०४ जना नयाँ संक्रमित थपिएका छन्। पिसिआर परीक्षणमा ३१९४ र एन्टिजेनमा १७१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १९ हजार ११३ नमुनाको परीक्षण गरिएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरी १३ हजार २१७ पिसिआर परीक्षण गरिएको छ । ५ हजार ९०८ एन्टिजेन परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ७ लाख २० हजार ६८० जना पुगेको छ । अहिलेसम्म एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार २३० संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा २११५ जना कोरोनामुक्त भएका छन्। यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १० हजार १५० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here