जनकपुर,२६ साउन । प्रदेश २ प्रहरी कार्यालयले आर्थिक वर्ष २०७७÷०७८ को अपराध विवरण सार्वजनिक गरेको छ । विभिन्न फौजदारी तथा अन्य घटनाका फरार अपराधिहरु,चोरी तस्करी तथा निकासी पैठारी,छिमेकी मुलुकसंग भएका छलफलहरु,दैवि प्रकोप,अवैध मदिरा भट्टी सञ्चालन तथा गिट्टी बालुवा उत्खन्न्,महिला बालबालिका तथा जेष्ठ नागरिकहरु र घरेलु हिंसा,सुनचाँदी पक्राउ,अवैध आर्थिक कारोवार(हुण्डी),लागु औषध,हात हतियार खरखजाना,ट्राफिक कार्बाही र समुदाय प्रहरी साझेदारी कार्यक्रमको विवरण सार्वजनिक गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुरले सार्वजनिक गरेको विवरणमा कर्तव्य ज्यान ९३ जना ,खुन डाँका मुद्धामा २ जना,ज्यान मार्ने उद्योग मुद्धामा ३द सय १० जना,गर्भपतन सम्बन्धी घटनामा ९ जना,भवितव्य ज्यान सम्बन्धी मुद्धामा ४ सय ६७ जना,ज्यान सम्बन्धी १ सय २८,फुटकर ज्यान ९० ,आत्म हत्या सम्बन्धी ९ सय ५९,संगठित तथा आर्थिक अपराध १ हजार ५ सय ४३ ,समाजिक अपराध १ हजार ८ सय ३२,महिला तथा बालबालिका सम्बन्धी अपराध ६ सय १७ ,सवारी दुर्घटना ५ सय ३३ र विविध तर्फ ६ सय १८ गरी कुल ७ हजार २ सय १,फरार मुद्धाका प्रतिवादीहरु १ हजार ७ सय २३ र अभियुक्त ६ सय ८१,चोरी निकासी तर्फ ४ सय २७ जना मानिस पक्राउ,भन्सार बुझाएको ५८ करोड,८२ लाख,५१ हजार ९ सय २६,सुनचाँदी पक्राउ तथा कार्वाहीमा मानिसहरु ८ जना २३ किलो,३ सय ८८ ग्राम ५ सय १२ मिलीग्राम सुनबाट रु १८ करोड ६३ लाख ८२ हजार ४ सय ६५ र चाँदीतर्फ १ सय १६ किलो २ सय ७४ ग्राम १ सय ४४ मिलीग्रामबाट रु ५५ लाख ४३ हजार ४ सय ७३, अवैध आर्थिक कारोवार(हुण्डी) कारोबार तथा मानिस पक्राउ र कार्बाही मुद्धा दर्ता २० वटा, ४३ जना मानिस पक्राउ र रु ३ करोड ८३ लाख ६७ हजार ६ सय १० रुपैँया,लागु औषधमा मुद्धा दर्ता ७ सय १४ मानिसपक्राउ ९ सय ९९ जना,हात हतियार खरखजाना मानिस ६८ जना र साना तथा ठुला गरि हातहतियार ५३ वटा,ट्राफिक कार्बाही संख्या २ लाख ५७ हजार ८९ राजश्व संकलन रु १९ करोड ४ लाख ५५ हजार, अवैध चोरी निकासी पैठारी राजश्व संकलन रु ५८ करोड ८२ लाख ५१ हजार ९ सय २६, मानिस पक्राउ ४ सय २७ जना,छिमेकी मुलुकसँग भएका छलफल १० पटक,दैवी प्रकोप–चट्याङ, हावाहुरी, अविरल वर्षा, बाढिपहिरो, करेन्ट, आगलागी, डुंगा दुर्घटना, जंगली जनावर, शितलहर) बाट मानिस मृत्यु ३ सय ९७,घाईते ३ सय ८५,बेपता २ जना र अन्दाजी क्षेती रु २ करोड ७८ लाख ७२ हजार २ सय १०,अवैध मदिरा ३४ हजार ९ सय ७० लिटर तयारी मदिरा, २ लाख ६४ हजार ३ सय १५ लिटर कच्चा पदार्थ र ४१ जना मानिस,गिट्टी, बालुवा, ढुंगा अवैध उत्खननमा नियन्त्रणमा ८७ जना मानिस र ३ सय ७४ सवारी साधनहरु,महिला बालबालिका तथा जेष्ट नागरिक तर्फ मुद्दा दर्ता ६ सय ३७,फर्छ्यौट ३ सय ५१ बाँकी २ सय ८६ वटा रहेका छन् । त्यसैगरी घरेलु हिंसामा परेका उजुरीहरुमा १ हजार ७ सय ८ वटा मिलापत्र भएको,९ सय ३५ वटा उजुरी तामेलीमा, ३ सय २८ वटा मुद्धाका मानिसहरु सम्पर्कमा नआएको,९६ वटा मुद्धा मिलापत्र हुन नसकी अन्य निकायमा पठाएको र १ सय ११ वटा मुद्धाको कारवाही भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । घरेलु हिंसामा ३ हजार १ सय ७८ वटा मुद्धा परेका थिए ।
महिला तथा बालबालिका बिरुद्ध हुने अपराध नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरेको छ । लैंगिक हिंसा ,महिला हिंसा, घरेलु हिंसा ,जबरजस्ती करणी, मानव वेचबिखन तथा ओसार पसार विरुद्ध अन्तरक्रिया ,बाल बिबाह,बहु विबाह, बालयौन दुव्र्यबहार, बोक्सिको आरोप,जातिय छुवाछुत तथा दाईजो प्रथा सम्बन्धी गरी २ सय ६३ वटा जनचेतनामुलक कार्यक्रम गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रमुख(डिआईजी) प्रहरी उमेश रन्जीतकारले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here