सिरहा, २६ साउन । बोर्डिंग स्कुलको शुल्क समयमा तिर्न नसक्दा सिंगो परिवारमाथि नै कुटपिट भएको छ । सिरहाको मिर्चैयामा एक निजी स्कुलको शुल्क समयमा तिर्न नसक्दा सिरहामा सिंगो परिवारमाथि नै कुटपिट भएको हो । मिर्चैया नगरपालिका १० बस्ने अशोक साहको परिवारमाथि कुटपिट भएका हुन् । स्थानीय रादजेवी इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले अशोकको सिंगो परिवारमाथि नै शुल्कको लागि कुटपिट गरेका छन् । कुटपिटबाट अशोककी पत्नी सुनितादेवि साह, जेठी छोरी सरिता साह, माइँली छोरी अञ्जली पनि साह घाइते भएका छन् । कुटपिटबाट अशोककी पत्नी सुनितादेवि साह, जेठी छोरी सरिता साह, माइँली छोरी अञ्जली पनि साह घाइते भएका छन् । यसमध्ये अशोक र उनकी छोरी सरिता गम्भीर घाईते छन् । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँचिनुका साथै टाउको पनि फुटेको छ । उनीहरू दुवैलाई मिर्चैयामा प्राथमिक उपचारपछि विराटनगर रिफर गरिएको छ । अन्यको भने यहीँ उपचार भइरहेको छ । अशेकका तीन छोरी र एक छोरा गरी चार सन्तान छन् । जस मध्ये कान्छो छोरा नवीन सोही विद्यालयमा युकेजीमा पढ्दैछन् । विद्यालयको ५–६ हजार जति शुल्क तिर्न बाँकी छ । टुडेपाटीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here