चन्द्रनिगाहपुर,२७ साउन । अबैध रुपमा जंगलबाट काठ चोरेर लान लागेको अवस्थामा काठ बरामद भएको छ । रङगपुर साझेदारी वन उपभोक्ता समितिको टोलि र वन कर्मचारी संयुक्त टोलीले चन्द्रपुर ७ नया बस्तीको उत्तरबाट तस्करले चोरेर लान लागेको साल जातको काठ बरामद गरेको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए ।
गस्ति टोलीले ३ थान साइकलमा सालको काठ लोड गरेको अवस्थामा करिब १०.३० क्युफिट काठ बरामद गर्नुको साथै १ जना मान्छे पनी पक्राउ गरेको अध्यक्ष चौधरीले बताए ।
राती १.३० बजे को समयमा गस्ति टोलीले काठ र मान्छे फेला पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here